नेभिगेशन
समाचार

मुख्यमन्त्री राउत प्रदेश सभा सदस्यका लागि पर्सा क्षेत्र नम्बर १ को ख बाट सिफारिस

वीरगंज– जनता समाजवादी पार्टी नेपाल पर्साको सम्पन्न बैठकले मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरेको छ । आसन्न प्रदेशसभा निर्वाचन अन्तर्गत मुख्यमन्त्री राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि एकल नाम सिफारिस गरेको पार्टीका पर्सा सचिव तवरेज अहमदले जानकारी दिए । ०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार बनेका मुख्यमन्त्री राउत ९ हजार ८०४ मत ल्याएर विजयी भएका थिए । उहाँको निकटतम प्रतिद्वन्द्वी विजयकुमार सर्राफले ६ हजार ८२९ मत ल्याउनुभएको थियो भने एमालेका उम्मेदवार शम्भु प्रसादले २ हजार ८७६ मत ल्याएर तेस्रो बन्नुभएको थियो । यस्तै बैठकले सो क्षेत्रबाट प्रतिनिधि सभाका लागी समानुपातिक तर्फ जमुना यादव, नसीम अख्तर र इमामूल अन्सारीको नाम सिफारिस गरेको छ । प्रदेशसभा तर्फ १ को ‘ख’ मा भिमा यादव, जमिला खातुन, शशी गुप्ता, प्रेमा कुमारी सिंह क्षेत्री, राम दरश प्रसाद, सलाउदिन मियाँ अन्सारी, अयुब मियाँ, वीरेन्द्र यादव, लालदेव प्रसाद यादव, नुरुल होदा फकिर, ईश्वर चन्द्र यादव र श्याम बाबु प्रसाद चौरसियाको नाम सिफारिस भएको छ । क्षेत्रीय समितिको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवं वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रदेश सभा सदस्य करिमा बेगम, जनार्दन यादव, समाजवादी मुस्लिम सङ्घका राष्ट्रिय अध्यक्ष मौलाना नुरुल होदा लगायत पार्टीका नेताहरूको उपस्थिति रहेको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार