नेभिगेशन
समाचार

कम खर्चमा चुनाव जित्नेलाई एमालेले टिकट दिने

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा कम खर्चमा निर्वाचन जित्नेलाई पार्टीले टिकट दिने नीति लिएको बताएका छन् । । मदन भण्डारी फाउण्डेशनले आज आयोजना गरेको जनताको बहुदलीय जनवाद र निर्वाचन विषयक संवादमा उपमहासचिव रिमालले प्रत्यक्ष निर्वाचन भनेपछि पैसा हुनेले मात्रै उम्मेदवार बन्छन् भन्ने सन्देश गएकाले त्यसलाई चिर्न पनि पार्टीले जनप्रिय नेतालाई प्रत्यक्ष निर्वाचनमा उठाउने स्पष्ट पारे । एमाले केन्द्रीय निर्वाचन परिचालन सचिवालयको सचिव समेत रहेका रिमालले पार्टीभित्र मौलाउँदै गएको दक्षिणपन्थी अवसरवादलाई कुनै पनि स्थान नदिइने पनि बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार