नेभिगेशन
समाचार

शीर्ष नेताहरु सिट बाँडफाँटका लागि छलफलमा, सहमति जुटाउन सकस

काठमाडौ । आउँदो निर्वाचनमा सिट बाँडफाँटको टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक केहीबेर अघिदेखि बसिरहेको कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवलायले जनाएको छ ।

बैठकले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा आज टुंगो लगाउने बताइएको छ । बुधबार गठबन्धनको कार्यदलसहित बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा सिट बाँडफाँटबारेमा गम्भीररुपमा छलफल भए पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

यसअघि बैठकमा नेपाली कांग्रेसले एक सय, नेकपा ९माओवादी केन्द्र०ले ६०, नेकपा (एकीकृत समाजवादी) ले ४०, जनता समाजवादी पार्टी नेपालले ३२ र जनमोर्चाले दुई सिटको दाबी गरेका थिए । सो विषयमा सहमतिका लागि शीर्ष नेतासहितको बैठकमा नियमित छलफल हुँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार