नेभिगेशन
समाचार

दोस्रो दिनको बयानका लागि चोलेन्द्र पुगे सिंहदरवार

 काठमाडौँ – संसद्को महाअभियोग सिफारिस समितिलाई बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सिंहदरवार पुगेका छन् । सिंहदरबारस्थित समितिको बैठकमा बुधबारबाट राणाको बयान लिन सुरु गरिएको छ।  प्रतिनिधिसभाले राणा विरुद्धको महाअभियोग प्रस्ताव छलफलका लागि समितिमा पठाएको हो । गत साउन १५ गते बसेको प्रतिनिधिसभा बैठकले राणा विरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाएको थियो ।  गत फागुनमा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका राणा विरुद्धको महाअभियोग प्रस्तावमाथि यो संसद्ले नै छलफल गर्नु पर्ने दबाब छ। समितिले २० दिनभित्र प्रतिवेदन बुझाउने गरी काम थालनी गरेको हो । बुधबारको बयानमा राणाले आफूसँगै अन्य न्यायाधीशहरूलाई पनि गम्भीर आरोप लगाएका छन् । उनले परमादेशबाट गठन भएको सरकारले आफूमाथि महाअभियोग लगाउने निर्णय आफू पनि अच्चमित भएको समितिमा सुनाएका छन् ।  यस्तै, उनले गत वर्षको कात्तिकमा नै ललिता निवासको मुद्दाबारे टुङ्गो लागि सक्ने बताउँदै मुद्दा बिथोल्नका लागि बारले आन्दोलनको नाममा पूर्व प्रधानमन्त्रीहरूको बचाउ गरेको राणाले समितिमा सुनाएका थिए । विहीबार उनीसँग के कस्ता प्रश्नहरू सोधिने हुन् र राणाले कसरी जवाफ दिन्छन् भन्ने तर्फ सबैको ध्यान केन्द्रित भएको छ। 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार