नेभिगेशन
समाचार

काठमाडौँ– ४ बाट उम्मेदवार बन्न गगन थापाले दिए आवेदन

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्न आवेदन दर्ता गराएका छन्। २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित थापाले आज आवेदन दिएका हुन्। थापालाई कास्की १ बाट पनि उम्मेदवार दिन आग्रह गरिएको थियो। उम्मेदवार सिफारिसका लागि अहिले देशभर नेता– कार्यकर्ताले आवेदन दिइरहेका छन्। आकांक्षी उम्मेदवारले वडा समितिबाट समेत सिफारिस लिएर आउनुपर्ने निर्णय कतिपय क्षेत्रीय कार्य समितिले गरेका छन्।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार