नेभिगेशन
जीवनयापन

उपचारका लागि शिक्षण अस्पताल पुगेका एक कैदी फरार, सुरक्षाकर्मी हेरेको हेरैँ

काठमाडौँ– आँखा उपचारका लागि शिक्षण अस्पताल महारागञ्ज पुगेका एक जना कैदी फरार भएका छन्। तीन जना सुरक्षाकर्मीसहितको टोलीले अस्पताल पुर्‍याइएका भानु बुढाथोकी फरार भएको कारागार व्यवस्थापन विभागले जनाएको छ। डाक्टरलाई देखाउने बेला हत्कडी खोल्नेवितिकै झ्यालबाट भागेको स्रोतले बताएको छ । रामेछापका करिब ३२ वर्षीय बुढाथोकी ८ वर्षदेखि ललितपुरको नख्खु करागारमा कैद भुक्तान गर्दै आएका थिए। आँखामा किरा परेको भन्दै केही समयदेखि शिक्षण अस्पतालमा उपचार गराउँदै आएका थिए। फलोअपका लागि शिक्षण अस्पताल पुगेका बुढाथोकीले पूर्वयोजनाअनुसार भागेको हुनसक्ने प्रहरी स्रोतको दाबी छ। कैदी सँगै गएका सुरक्षार्मीबारे पनि अनुसन्धान हुने प्रहरी स्रोतले भन्यो।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै