नेभिगेशन
जीवनयापन

मन्त्री भुसाल भन्छिन्, ‘महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि हाे ।'

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेखित समावेशितासम्बन्धी अधिकार निश्चित समयसम्मका लागि भएको बताएकी छन्। अखिल (क्रान्तिकारी) केन्द्रिय छात्रा विभागद्वारा आयोजित तीज विशेष शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा मन्त्री भुसालले महिलाले पाएको अधिकार निश्चित समयसम्म क्षमता अभिवृद्धिका लागि भएको बताइन् । जनआन्दोलन र जनयुद्धको संयुक्त प्रयासबाट समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको उल्लेख गर्दै मन्त्री भुसालले संविधानमा समेटिएका नि:शुल्क र अनिवार्य शिक्षाको व्यवस्था लागू गर्नेसहितका मौलिक अधिकार संस्थागत गर्नुपर्नेमा जोड दिइन्। उनले समाज परिवर्तन भएअनुसार तीज मनाउने तरिकामा परिवर्तन आएको उल्लेख गर्दै तीजलाई अलौकिकभन्दा पनि भौतिकवादी रूपमा वैज्ञानिक तवरले मनाउन आम महिलालाई अपिल गरिन्। कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य ओनसरी घर्तीमगरले तीजमार्फत अधिकारका लागि जनचेतना विस्तार गर्नुपर्ने बताइन् । अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले आम महिलाले तीज पर्वलाई परिवर्तन र विद्रोहका रूपमा लिनुपर्ने बताउँदै अधिकार सुनिश्चित गर्नका लागि महिलाले निरन्तर सङ्घर्ष गर्नुपर्नेमा जोड दिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्