नेभिगेशन
जीवनयापन

गृहमन्त्री खाण र प्रधानसेनापति शर्माबिच भेटवार्ता

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणसँग प्रधानसेनापति प्रभुराम शर्माले आज भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटमा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौती लगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे छलफल भएको जनाइएको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्