नेभिगेशन
जीवनयापन

के तपाईलाई थाहा छ मृतक आफन्त वा पूर्वजका तस्बीर कहाँ-कहाँ राख्न हुँदैन ?

अधिकांश घरमा पूर्वज तथा पितृको तस्वीरहरु श्रद्धापुर्वक भित्ता वा फ्रेममा सजाएर राख्ने गरिन्छ । तर श्रद्धाका नाममा गलत स्थानमा पूर्वजको तस्बीर राख्दा कतिपय अवस्थामा हानी समेत हुन सक्ने मान्यता छ । कुन-कुन स्थानमा पूर्वजको फोटो राख्नु हुँदैन ? - दिवंगत पूर्वजको तस्बीर भगवान वा देवीदेवताको तस्बीरका साथमा कहिल्यै राख्नु हुँदैन । यसले परिवारमा हानी पुर्‍याउँन सक्छ । देवीदेवतालाई दिवंगत पितृ भन्दा पुजनीय मानिन्छ । समान स्थान वा स्वरुपमा मृतक आफन्तको तस्बीर देविदेवताका बीचमा राख्दा नकारात्मक असर पुर्‍याउने मान्यता छ । साथै यसरी पितृको फोटोसँगै राख्दा देवदोष मानिन्छ । - मृत आफन्त तथा पूर्वजको तस्बीर घरको मध्य अथवा ब्रम्हस्थानमा समेत राख्न नहुने मान्यता छ । यसो गर्दा घरका जीवित ब्यक्तिको मानसम्मानमा कमी आउने मान्यता छ । साथै पश्चिम वा दक्षिण दिशामा समेत पितृको तस्बीर राखे सम्पत्ति हानी हुने भय रहन्छ । - दिवंगत आफन्तको तस्बीर घरका धेरै भागमा वा एकै मृत ब्यक्तिको तस्बीर धेरै स्थानमा समेत राख्नु हँुदैन । यसले परिीवारमा मानसिक दबाब र तनाव बढ्छ । मृतक आफन्तको तस्बीर एक निश्चित स्थान बाहेक अन्यत्र लगाए परिवारमा मनमुटाव बढ्ने मान्यता छ । - घरमा राखिएका पितृको तस्बीर सिधा वा झुण्डिएको वा हल्लिने गरी राख्नु हुँदैन । यस्तो भएमा परिवारमा त्रास र डर बढ्ने गर्दछ । साथै कुनै पनि मृत मानिसको तस्बीरको साथमा जीवित व्यक्तिको तस्बीर समेत राख्नु हुँदैन । यसलाई गम्भिर मानिन्छ । - मृतक पूर्वजको तस्बीर कोहि कसैको बेडरुमको भित्तामा राख्नु हुँदैन । अझ साना बच्चा वा दम्पती सुत्ने कोठामा त भुलेर पनि मृतक पूर्वजको तस्बद्दीर राख्नै हुँदैन । यसले पूर्वजको अपमान हुने साथै सुतेको समयमा खराब सपना लगातार देख्ने हुनसक्छ । - पूर्वजको तस्बीर भान्सा कोठामा समेत राख्नु हुँदैन । भान्सा कोठामा पूर्वजको तस्बीर राखेमा घरमा हमेशसा अशान्ति छाउँछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै