नेभिगेशन
जीवनयापन

मनको भ्रम : प्रेरक प्रसङ्ग

त्यो वेलामा इङ्ल्याण्डमा विख्यात कवि बायरन आफ्नो स्वास्थ्य सुधारको लागि जेनेभामा बसिरहेका थिए । एक दिन उनको बाल्यकालको साथी उनलाई भेट्न आए । उनी धेरै खुशी भए । साँझमा उनले आफ्नो साथीलाई त्यहाँबाट प्रमुख पार्क देखाउनको लागि लिएर गए । साथीको ध्यान पार्कको कोमल घाँसमा गयो र उनी घाँस हेर्न थाले । तर बायरन रोकिए र भने, ‘यार तिमी बाल्यकालमा पनि मेरो लङ्गडो खुट्टाको कुराले रिस उठाउने गथ्र्यौ र अब पनि मेरो लङ्गडो खुट्टातिर हेरिरहेका छौ ।’ साथीले हाँस्दै भने, ‘मेरो साथी, बाल्यकालको कुरा छोडिदेऊ । त्यो बेलामा तिम्रो लङ्गडो खुट्टाले सबैलाई आकर्षित गथ्र्यो । तर अब तिमी अपार प्रतिभाका धनी भएका छौ । अब यस्तो मूर्ख को होला जसले तिम्रो विशाल मस्तिष्क हेर्न छोडेर खुट्टा हेर्ने साहस गर्न सकोस् । यो तिम्रो मनको भ्रम हो ।’ साभार :  ‘प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्