नेभिगेशन
जीवनयापन

गुरु नानकदेवका केही अमर वाणीहरु

१. जात-पातमा के छ र ? उसको कर्मले उसको परीक्षा लिनु पर्दछ । २. हृदयको अशुद्धता लोभ हो । ३. अति निम्न मानिसका साथ नानक लाग्नेछ । ४. अहंकारले अनेक प्रकारका दुष्कर्मलाई जन्माउँछ । त्यसको त्याग गर्नुपर्छ र सत्यमार्गमा अघि बढ्नु पर्छ । ५. साँचो सेवा त्यसैले गर्न सक्छ जसले आफ्नो महत्वकांक्षालाई त्यागेको छ । ६. चित्तलाई स्थिर राख अन्यथा त्यसमा स्थित सत्व यस शरीरका नौ द्वारबाट निस्केर जानेछ । हे मन ! यदि तिमी संयमित हुन सक्यौ भने तिमीलाई तिम्रो परमपिताको वास्तविक निवासस्थानमा पुर्‍याउने दशौँ द्वारबाट मिल्ने छ । त्यहाँ दिन रात अनन्त सगीत प्रतिध्वनित भइरहन्छ । ७. शब्दको संवादबाट मनुष्य सत्य, सन्तोष सद्ज्ञानको खानी बन्दछ र ६८ तीर्थस्थानमा स्नान गरे सरी पुण्य प्राप्त गर्दछ । ८. शब्दको संवादले शिव, ब्रह्मा र इन्द्रको शक्ति प्राप्त हुन सक्छ । व्यक्ति, उसको पछिल्लो जीवन जस्तोसुकै होस्, शब्द-संवादद्वारा सम्मान प्राप्त गर्न सक्दछ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्