नेभिगेशन
जीवनयापन

चुट्किला : त्यसो भए तपाईं चलाउनुहोस्

चुट्किला : त्यसो भए तपाईं चलाउनुहोस् एक जना ग्राहक रिक्सावालसँग कुरा गर्दै थियो- ओ भाइ, बसन्तपुरदेखि रत्नपार्कसम्मको भाडा कति ? रिक्सावाला : ५० रुपैयाँ । ग्राहक : अलि घटाउन मिल्दैन ? रिक्सावाल : यसो भए तपाईं रिक्सा चलाउनुस्, म बसौंला नि ! यो काँग्रेस भयो एक दिन बिहानै केपी शर्मा ओली मर्निङवाक गर्दै थिए । एउटा व्यक्ति कुकुरको राम्रो छाउरो लिएर घुम्दै थिए । यत्तिकैमा ओलिजीले सोधे- यो छाउरो कुन जातिको हो ? मानिस बोल्दै भन्यो- यो कम्युनिष्ट जातिको छाउरो हो हजुर । ओलीजीले त्यो चिटिक्क परेको छाउरो आफ्नी श्रीमतीलाई देखाउने विचार गरेका थिए । एक दिन त्यही मान्छे छाउरो डोर्‍याउँदै आएको देखे । ओलिजीले त्यसलाई बोलाए र श्रीमतीलाई देखाए । ओलीकी पत्नीले त्यो मान्छेलाई सोधिन्- यो कुन जातिको छाउरो हो ? मान्छेले भन्यो- यो काँग्रेस जातको छाउरो हो । ओलीजी छक्क परेर सोधे- ए भाइ ! अस्ती त यही छाउरो कम्युनिष्ट थियो, आज कसरी काँग्रेस भयो ? त्यो मान्छेले उत्तर दियो - अस्ती यो भर्खरै जन्मिएको थियो । यसका आँखा खुलेका थिएनन् । आज यो ठूलो भइसकेको छ त्यसैले काँग्रेस भयो । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्