नेभिगेशन
जीवनयापन

सासू कुट्ने दुई ‘बुहारी’ पक्राउ

अछाम– अछाममा वृद्ध महिलालाई कोठाभित्र थुनेर कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–६ की अन्दाजी ५० वर्षीया जैसरा न्यौपानेलाई कुटपिट गरेको आरोपमा उनकै दुई बुहारी पक्राउ परेका हुन् । घटनाको अनुसन्धानका लागि कुटपिटमा संलग्नलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार उनीहरूलाई पक्राउ गरेर जिल्ला पुगाइएको छ । सासुमाथि कुटपिट गर्ने बुहारीको विस्तृत विवरण भने प्रहरीले खुलाएको छैन । उनीहरूले अभद्र व्यवहार गर्दै कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यो घटना बाहिरिएको थियो । सार्वजनिक भएको भिडियोमा दुई महिलाले न्यौपानेलाई यातना दिँदै अभद्र व्यवहार गर्दै लछारपछार गरेको देखिन्छ । स्थानीयका अनुसार मानसिक सन्तुलन ठीक नभएकी महिलाका श्रीमान् पनि शारीरिक अपाङ्गता भएका व्यक्ति हुन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्