नेभिगेशन
जीवनयापन

काठमाडौं खसीबजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं - काठमाडौको कलंकीस्थित खसीबजारमा गए राति टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको छत्रे देउराली-२ का १८ वर्षीय विश्वास रञ्जितकार रहेका छन् । डदुर्घटनामा गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा राति सवा १० बजे राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । कलंकीबाट बल्खुतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख २८९३ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा ८१ प ४१२९ नम्बरको मोटरसाइकललाई गए राति साढे ९ बजे ठक्कर दिएको ट्राफिक प्रहरी प्रभाग कलंकीले जानकारी दिएको छ । टिपरसहित चालकलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्