नेभिगेशन
जीवनयापन

बलात्कार मुद्दामा जेल गएको सात दिनमै कैदीको मृत्यु

अछाम - बलात्कार अभियोगमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका- ५ का बेदराज भाटको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक कैलाश सिंह विष्टका अनुसार शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थालेपछि सेती प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएका भाटको उपचारको क्रममा मृत्यु भएको हो । जबरजस्ती करणीको मुद्दामा जिल्ला अदालत अछामले भाटलाई १० वर्ष ३ महिना ८ दिनको कैद सजायको फैसला गरेको थियो । जसअनुसार २ भदौंमा उनी जेल चलान भएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्