नेभिगेशन
जीवनयापन

यी हुन् १० मिनेटमा अनुहार कसरी ताजा देखाउने ७ टिप्स

मानिस सुन्दर देखिने अनुहारको सरसफाईमा ध्यान दिन जरुरी छ । मात्र केहि समय छुट्याउने हो भने मानिस सुन्दरका साथै अनुहारमा ताजापन ल्याउन सकिन्छ । यसका लागि केवल १० मिनेट पर्याप्त हुन्छ । १० मिनेटमै अनुहारलाई ताजा देखाउने यी हुन् केहि टिप्स : - गुलाब जल गुलाब जललाई अनुहारमा लगाउने । अनुहार क्षणभरमै ताजा देखिन्छ । चम्किलो देखिन्छ । गुलाब जलमा हाइड्रेटिङ र छालाको चमक बढाउने गुण हुन्छ । - महको प्याक महमा भिटामिन बि र सी दुबै हुन्छ, जसले छालामा पोषण प्रदान गर्दछ । चिसो पानीमा महको केहि थोपा हालेर यसले अनुहार धुँदा वा दुई मिनेट छाडेर धुँदा महको मिश्रणयुक्त पानीले मुख सफा हुनुका साथै अनुहार मुलायम र चम्किलो हुन्छ । - कागतीको फेसवास धेरैजसो लेमन बेस्ड फेसवासले ताजगी र शितलता प्रदान गर्छ । यसको सुगन्धले ताजा अनुभव गराउँछ । कागतीको फेसवासले छालालाई ताजा देखाउँछ । - ओलिभ आयल ओलिभ आयल अनुहार मसाजका लागि सर्बोत्तम मोश्चराइजर हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । ओलिभ आयलको केहि थोपा हातमा राखेर अनुहार मसाज गर्नुपर्छ । - कफीको स्क्रब कफीमा रहेको एन्टिअक्सिडेन्टले अनुहारको रक्तप्रवाह सुचारु गराउँछ । कफीको स्क्रबले छालको मृत्त कोशिका हटाउँछ र अनुहारलाई रसिलो बनाइराख्छ । - बरफ बफरले अनुहारमा रगड्दा छाला कसिलो हुन्छ र चाहुरीपन घट्छ । मुलायम कटनको कपडामा बरफको टुक्रा राखेर अनुहारमा हल्का ढंगले मसाज गर्दा ताजा महसुस हुन्छ । - अनुहारको व्यायाम समग्र शरीरको व्यायाम गर्दा पनि अनुहारको व्यायाम गरिदैन । अनुहारको छुटै व्यायाम गर्न सकिन्छ । अनुहारको व्यायाम गर्न मुखमा हावा भरेर ओंठ बन्द गर्ने, मुख फुलाउने । हावा फ्याक्ने । यो क्रिया २० पटकसम्म दोहोर्‍याउनु पर्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्