नेभिगेशन
जीवनयापन

जित हासिल गर्न दोस्रो उद्देश्य बुझ्नु सक्नु पर्छ

तपाईंको प्रेरणा के हो ? तपाईं नियमको खेलाडी हुनुहुन्छ । इमानदार, मिहिनेती, योग्य, उत्सुक, सफल र स्वप्रेरित । तपाईं आफ्नो काम ज्यादै राम्रो प्रकारले गर्न चाहनु हुन्छ । आफ्नो मालिकलाई प्रभावित गर्न चाहनुहुन्छ । आफ्नो सहकर्मीबाट सम्मान पाउन चाहनुहुन्छ तथा आफ्नो जुनियर्सको प्रशंसा एवं बफादारी हासिल गर्न चाहनुहुन्छ । प्रत्येक रात घर फर्कने समय तपाईंलाई यस कुराको महसुस हुन्छ कि तपाईंले दिनमा असल काम गर्नु भएको छ । तपाईं प्रत्येकप्रति राम्रो रहनु भएको छ । तपाईंले ज्यादै असल व्यक्तिको भूमिका निभाउनु भएको छ । तपाईं रातमा आरामले सुत्न सक्नुहुन्छ, किनकी तपाईंले कसैलाई धोका दिनुभएन । कुनै कानुन तोड्नु भएन या कसैसित नराम्रो व्यवहार गर्नु भएन । तपाईंले धेरै पैसा कमाउनु हुन्छ, त्यो तपाईंको प्रेरणा होइन । तपाईंको लक्ष्य सबैभन्दा असल तथा सर्वश्रेष्ठ बन्नु हो । दोस्रोलाई कुन कुराले प्रेरित गर्दछ ? वास्तवमै अगाडि बढ्नको लागि तपाईंले दोस्रोको उद्देश्य बुझ्न जरुरी छ । उसको उद्देश्य बुझ्नुको अर्थ के हो भने तपाईंले मनोविज्ञानको दुनियाँ पनि पाइला राख्नु पर्दछ । दोस्रोलाई चलाउने कुरा धेरै हुन सक्छ ः - शक्ति - पैसा - प्रतिष्ठा - प्रतिशोध - चोट पुर्‍याउने इच्छा - प्रेम पाउने इच्छा उसको उद्देश्य चाहे जे होस्, म ऊ नियमको खेलाडी होइन भन्ने कुरामा निर्धक्क शर्त लगाउन सक्छु । तपाईं ऊबाट एक माइल टाढा हुनुहुन्छ । एक्लै, शान्त, नियन्त्रित, गरिमापूर्ण । आवश्यकता, डर, तथा लालच भएको व्यक्तिसित सावधानीपूर्वक व्यवहार गर्नु पर्दछ । तपाईंले के सुनिश्चित गर्नुपर्छ भने तपाईंले आफ्नो पुच्छर नहल्लाइकन सही काम गर्नुहोस्, ताकि तपाईं उसको स्तरसम्म नझरिकन तथा मनोरोगी नबनिकन ऊभन्दा अगाडि बढ्न सक्नुहोस् । अफिसमा दृष्टि लगाएर के कुरा पत्ता लगाउने कोशिस गर्नुस् भने तपाईंको प्रत्येक सहकर्मीलाई के कुराले चलाउँछ । आफ्नो बोस तथा उसको बोससँग पनि यही गर्नुहोस् । उसको उद्देश्यलार्य पहिचान गर्न सिक्नुहोस् । यसले तपाईंलाई उसित सही व्यवहार गर्नमा मद्दत मिल्छ । ज्ञान नै शक्ति हो । साभार : ‘तपाईंको जीत’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्