नेभिगेशन
जीवनयापन

गम्भीर परिणामको भय : प्रेरक प्रसङ्ग

साहित्यकार आचार्य महावीरप्रसाद द्विवेदीको गाउँ दौलतपुरमा एक घरको भित्ता धेरै कमजोर भएको थियो र कुनै पनि बेला त्यो ढल्न सक्थ्यो । उनले जिल्लाका अधिकारीलाई पत्र लेखेर जानकारी गराए, त्यो घरको भित्ता कुनै पनि बेला ढल्न सक्छ, जसको कारणले त्यसको छेउबाट हिँड्नेहरुको पनि प्राण जान सक्छ । जिल्ला अधिकारीको आज्ञाले एक अधिकारी गाउँमा पुगे । स्थितिको जाँच गरेपछि उनले भने द्विवेदीको आशंकाको कुनै ठोस आधार छैन । उनले भने, ‘द्विवेदीजी, तपाईंको शंका हामीले बुझ्न सकेनौँ । यदि पर्खाल ढल्नु छ भने ढल्छ । त्यसको गम्भीर परिणाम के हुनसक्छ ?’ यसमा द्विवेदी मुस्कुराए र ती अधिकारीसँग भने, ‘तपाईं ठीक भनिरहनु भएको छ । बस यति सानो कुरा तपाईं मलाई एउटा कागजमा लेखेर दिनुस् कि यो पर्खाल ढल्नाले यदि कुनै व्यक्तिको ज्यान गयो भने त्यसको जिम्मेवार तपाईं हुनुहुनेछ ।’ यो कुरा सुनेर अधिकारी निरुन्तर भए र उनले तुरुन्त त्यो पर्खाल ढाल्ने आदेश दिए । साभार : ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्