नेभिगेशन
जीवनयापन

ओरिसन स्वेट मार्डनका केही अमर वाणीहरु

१) गहिरिएर सोच्नु भयो भने तपाईंलाई थाहा हुनेछ कि सफल व्यक्ति आफ्नो व्यक्तित्व र चरित्रको कारण नै महान् बनेका छन् । २) ईश्वरले एक पटकमा एउटै क्षण दिन्छन् र दोस्रो क्षण दिनुपूर्व त्यो क्षण फिर्ता लिन्छन् । ३) दिन दुःखी मित्रको वेशमा हाम्रो सामुन्ने आउँछन् र प्रकृतिको अमूल्य उपहार ल्याउँछन् । यदि हामीले तिनको उपयोग गरेनौँ भने ती चुपचाप फर्किन्छन् । ४) जीवन गुमाउनुको सट्टा मानवीय गुणलाई हासिल गर्नुमा आफ्नो समयको सदुपयोग गर्नु पर्दछ । ५) आशा र आत्मविश्वास नै त्यस्ता तत्व हुन् जसले हाम्रो शक्तिलाई जागृत गर्दछन् र हाम्रो उत्पादन शक्तिलाई द्विगुणा बढाउँछन् । ६) अभिलाषाले तब मात्र परिणाम ल्याउँछ जब अभिलाषालाई दृढ निश्चयमा परिणत गरिन्छ । ७) जो मानिस आफ्नो मनको दास बनिरहन्छ, त्यो प्रभावशाली पुरुष बन्न सक्दैन । ८) मानवको अन्तष्करणमा शक्तिको विशाल भण्डार भरिएको छ । त्यो शक्तिलाई जागृत गर्ने फिलिङ्गोको आवश्यकता छ । यदि तपाईं यस्तो गर्न सक्नु हुन्छ भने त्यो शक्तिपुञ्ज प्रचण्ड प्रकाशका साथ ज्योतिर्मय भएर उठ्नेछ र यत्रतत्र सर्वत्र जीवनको नयाँ मार्गले तपाईंको स्वागत गरेझैँ प्रतीत हुनेछ । ९) आाशा र दृढ संकल्पको सहायताले सफलताका सबै आयाम प्राप्त गर्न सकिन्छ । शंकको त्याग गरेर आशा र विश्वासद्वारा आफ्नो दुर्भाग्यलाई सौभाग्यमा र असफलतालाई सफलतामा सफलतापूर्वक बदल्न सकिन्छ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्