नेभिगेशन
जीवनयापन

महोत्तरीमा दुई प्रहरी कार्यालय भवनको उद्घाटन

बर्दिबास– महोत्तरीमा दुई वटा प्रहरी कार्यालय भवनको उद्घाटन गरिएको छ । मङ्गलवार ईलाका प्रहरी कार्यालय लोहरपट्टी र प्रहरी चौकी ईटहर्वा कट्टीको नवनिर्मित भवनको उद्घाटन गरिएको हो । मधेस प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले दुवै प्रहरी कार्यालयको उद्घाटन गरेका हुन्। ईलाका प्रहरी कार्यालय लोहरपट्टीको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री साहले भौतिक सुविधाले प्रहरी कर्मचारीको मनोबल बढ्ने र कार्यक्षेत्र समेतमा यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गरे । कुल २ करोड ८१ लाख ३६ हजार रुपैयाँको लागतमा तीन तल्ले कार्यालय–ब्यारेक, मेस, स्नान घर, शौचालय निर्माण गरिएको हो । भजनको निर्माण ललितपुरस्थित भक्त कन्स्ट्रक्सन प्रा.लि.ले गरेको हो । यस्तै १ करोड ९७ लाख ६९ हजार रुपैयाँको लागतमा प्रहरी चौकी ईटहर्वा कट्टीको भवन निर्माण भएको हो । यहाँको कार्यालयमा पनि ब्यारेक, मेस, स्नान घर, शौचालय निर्माण गरिएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्