नेभिगेशन
जीवनयापन

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

काठमाडौँ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय भएको बताएका छन् । भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सो जानकारी दिएका हुन्। उनले भने, ‘‘देशको आर्थिक अवस्था र खर्चको बहन गर्न सक्ने क्षमता समेतका आधारमा राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब भत्ता पारिश्रमिक एवम् सुविधा पुनरवलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेयालको संयोजकत्वमा उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय गरेको छ ।’’ यसैगरी, बैठकले विभिन्न १६ वटा निर्णय पनि गरेको छ ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्