नेभिगेशन
जीवनयापन

आँखाको महत्व

आँखाले हामी संसार देख्छौँ, कति महत्वपूर्ण छन् हाम्रा यी आँखा । आँखाको महत्व यति मात्र होइन । मानिसले मनमा एउटा कुरा राखेर मुखले अर्कै झुठ कुरा बोल्न सक्छ । मानिसले झुठ बोलिरहँदा पनि उसकै आँखाले सत्य कुरा बोलिरहेको हुन्छ । कसैले मुखले नबोलेका धेरै कुराहरु पनि उसको आँखामा हेरेर महसुस गर्न सकिन्छ । हामीले आफ्नो हितको लागि झुठ बोलिरहँदा हाम्रो आफ्नै आँखाले सत्य कुरा सम्प्रेषण गरिरहेको हुन्छ । हामीले अरुको आँखामा हेर्दै कुरा सुन्नुपर्छ । हामीले निरन्तर आँखामा हेर्ने गर्दा अर्को व्यक्तिलाई झुठ बोल्न कठिन हुन्छ । केही गरी झुठ बोलिहालेमा ठीक झुठो कुरा बोल्ने बेला उसले हामीलाई निरन्तर हेरिरहन सक्दैन । १-२ सेकेण्डको लागि भए पनि तलतिर वा यताउता हेर्न थाल्छ । आपराधिक क्रियाकलापमा पोख्त भइसकेकाहरु थेत्तर भइसक्ने भएकोले त्यस्ताले भने आँखामा हेर्दै झुठ बोल्न सक्छन् । सामान्यतया, मित्रको आँखामा सहयोग हुन्छ भने शत्रुको आँखामा प्रतिशोध । धनीको आँखामा घमण्ड हुन्छ भने गरीबको आँखामा इमानदारी । डाक्टरको आँखामा सेवा हुन्छ भने वैज्ञानिकको आँखामा खोज । वैंशको आँखामा प्रेम हुन्छ भने नेताको आँखामा कुर्सी । पुजारीको आँखामा ईश्वर हुन्छ भने पुलिसको आँखामा अपराधी । साभार : ‘उत्तम ज्ञान’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै