नेभिगेशन
जीवनयापन

सफलताका लागि आर्थिक सतर्कता अपनाउनुस्

तपाईं यस्ता मानिसको बारेमा सधैँ पढिरहनु हुन्छ होला, जसले बीमाको फाइदा उठाएनन् र आखिर आफ्नो कार, बंगला र कयौँ पटक त आफ्नो कमाइ गुमाए । उनीहरु भविष्य देख्नमा असफल भए र के पनि सोच्न सकेनन् भने उनीहरुको घरमा आगो लाग्यो भने उनीहरुको एक्सिडेन्ट भयो भने के उनीहरुसँग पर्याप्त बीमा छ । आफ्नो आर्थिक स्थितिलाई संरक्षित गर्ने सबैभन्दा राम्रो तरिका हो- नियमित बचतको तरिकाको विकास । तपाईंको लक्ष्य आफ्नो कमाइको १० प्रतिशत या त्योभन्दा धेरै बचत गर्ने हुनुपर्छ । हर महिना, हर तलब र हर कमाइबाट । कुनै पनि आपतको समयमा तपाईंलाई सबैभन्दा धेरै राहत के कुराबाट मिल्छ भने तपाईंसँग यो स्थितिको सामना गर्नको लागि जरुरी पैसा छ, अर्कोतिर आपतको स्थितिमा यदि तपाईंलाई थाहा हुन्छ कि तपाईंसँग त्यसको सामना गर्नका लागि पर्याप्त पैसाको व्यवस्था छैन तब तपाईं धेरै तनावमा आउने हुनेछ । डब्ल्यू क्लिमेंट स्टोनले भनेका थिए, ‘यदि तपाईं पैसा बचाउन सक्नु हुन्न भने तपाईंमा महान् बन्ने जरुरी गुण नै छैन ।’ साभारः ‘सोच बदलौँ’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै