नेभिगेशन
जीवनयापन

जय पृथ्वीबहादुर सिंहका केही अमर वाणीहरु

१. न त दुई जना मानिस दुरुस्त उस्तै हुन्छन्, न त तिनीहरुले दुरुस्त उस्तै कुरा सोच्छन् । प्रकृतिमा एकरुप भन्ने कुरै छैन र विविधतामा सुन्दरता हुन्छ । २. शान्ति एउटा ठूलो घर जस्तो हो, जसलाई बनाउन एकपछि अर्को इँटा थप्दै जानु पर्दछ । यो कलमको कोराइले ल्याउने पनि होइन । जतिसुकै नियम कानुन बनाए पनि, सन्धी सम्झौता गरे पनि सम्पूणर् मानवले आफै सुरक्षा सुविधाका लागि एकता र सहयोगको आवश्यकता छ भन्ने कुरा नबुझेसम्म शान्ति स्थापित हुँदैन । ३. उत्तम र प्रभावकारी उपाय भनेका एकता र सहयोग हुन् । धुर्तता र त्रासको बाटोभन्दा सजिलोसँग एकता र सहयोगद्वारा आत्मसंरक्षण गर्न सकिन्छ । ४. खेलवाडका समयमा होस् वा मनोरञ्जनका बेलामा होस् मानिसलाई मानिसका हैसियतले गर्नुपर्ने कर्तव्य र शान्तिको उपयोगिता सहयोग र एकता जस्ता आत्मसंरक्षणको कुरा सम्झाउने उद्देश्यले मैले भारतमा मानववादी आन्दोलन चलाएको हो । ५. मानवको हितका लागि हामी विचारको आदान-प्रदान गर्न सक्छौँ भने यो कुरा विभिन्न देश र मानिसहरुलाई एकताबद्ध गराएर आपसी समझदारी र सहानुभूतिको आधारमा गर्नुपर्छ । ६. मानिसहरुमा दिनहुँ विभाजन आएको छ, तसर्थ आज एकता र सहयोगको वकालतको ठूलो स्वर सबै मानिसको कानमा पुर्‍याउनु परेको छ । साभार : ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै