नेभिगेशन
जीवनयापन

शान्ति र सहिष्णुताबारे सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ– नेपालको सङ्घीय संसद् र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिस (जिसिटिपी) बीच विश्व शान्ति र सहिष्णुताबारे सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज भएको एक समारोहमा सङ्घीय संसद्का सचिव गोपालनाथ योगी र ग्लोबल काउन्सिल फर टोलरेन्स एण्ड पिसका म्यानेजर डा जोरन इलिइभस्कीले समझदारीपत्रमा हस्ताक्षर गरे । सन् २०१७ मा शान्ति र सहिष्णुताको मूल्य मान्यता प्रवद्र्धन, भेदभाव, साम्प्रदायिकता, जातीय भेदभावविरुद्ध अभियान सञ्चालन गर्ने उद्देश्यले स्थापित यस संस्थाले छोटो समयमा आफूलाई विश्वव्यापी रूपमा स्थापित गर्न सकेको छ । सो अवसरमा सभामुख अग्निप्रसाद सापकोटाले समझदारीले विश्व शान्ति कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै काउन्सिल फर टोलरेन्स एण्ड पिस संस्थाको उद्देश्य महिला, युवा र अपाङ्गता व्यक्तिको सशक्तीकरण गर्ने भएकाले पनि समझदारी गरिएको प्रष्ट पारे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै