नेभिगेशन
जीवनयापन

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौँ– चन्द्रागिरी नगरपालिका–३ थानकोटबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहाको विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिराकुमार सदा र २२ वर्षीय लक्ष्मीकुमार सदा रहेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–३ थानकोट बसपार्कबाट नियन्त्रित लागूऔषध नाईट्राभेट २५५ ट्याब्लेटसहित तीन जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । सिरहाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ख ००३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार तीनै जनालाई लागूऔषधसहित पक्राउ गरिएको हो । थप अनुसन्धान भइरहेको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै