नेभिगेशन
जीवनयापन

दुई जना नाबालिका बलात्कार गरेको आरोपमा ६२ वर्षीय ठकुरी पक्राउ

कैलाली– कैलाली प्रहरीले दुई जना नाबालिका बलात्कार गरेको आरोपमा एक वृद्धलाई पक्राउ गरेको छ । ७ वर्षीया र ९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जिल्लाको लम्की चुहा–८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरीलाई सोमबार पक्राउ गरेको हो । गएको साउन ३१ गते दिउँसोको समयमा दुई नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा आइतबार इलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएपछि प्रहरीले ठकुरीलाई पक्राउ गरेको जनाएको छ । पक्राउ पश्चात् उनीमाथि अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै