नेभिगेशन
जीवनयापन

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा द्वारिका उप्रेती नियुक्त

काठमाडौँ– सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा द्वारिका उप्रेतीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्‌को बैठकले बोर्डको कार्यकारी निर्देशकमा उप्रेतीलाई नियुक्त गरेको हो । कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये ६ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको थियो । २० जेठमा पदपूर्तिका लागि सिफारिस समितिले सूचनामा प्रकाशित गरेको थियो । प्रारम्भिक सूचीमा बाराका निर्मलकुमार उप्रेती र डा द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठ थिए ।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै