नेभिगेशन
जीवनयापन

शिवपुरी बाबाका केही अमर वाणीहरु

१. सबभन्दा ठूलो कुरा कर्मकुशलता हो । आफ्नो काम ठीकसँग गर्नुहोस् । गुणमा ध्यान दिनुहोस्, संख्यामा होइन । २. स्वधर्म पालन गर्दा बुद्धि, मन र आत्मालाई एकैसाथ ठीक गर्नुपर्दछ । अलग–अलग होइन । त्यसैगरी भक्ति, ज्ञान र वैराग्य एकैसाथ, जस्तो दाल, भात, तरकारी एकैसाथ खानुपर्दछ । ३. स्वधर्मले ठूलाठूला आपद्हरुबाट बचाउँछ । उदाहरण— हनुमानले बालेको आगोले विभीषणको दरबारलाई छोएन । ४. कानुन तोड्नेहरुलाई पुलिस र जेल बनाएको हुन्छ, कानुन मान्नेहरुलाई होइन । त्यसैगरी स्वधर्म मान्नेहरुलाई प्राकृतिक प्रकोपहरु, आँधी, बाढी, सुनामी, भूकम्प, आगलागी आदिले केही गर्दैनन् । ५. अरुको दोष देखाएर आफ्नो कर्तव्य नगर्ने मानिस मानिस नै होइन । देश, काल, अवस्था हेरेर आफ्नो कर्तव्य पूरा गर्नुपर्दछ । ६. स्वधर्ममा एक पाइला अगाडि बढाउनु भनेको प्रभुतिर एक पाइला बढाउनु हो । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्