नेभिगेशन
जीवनयापन

लमजुङको घनपोखरामा जीप दुर्घटना : १५ घाइतेमध्ये १० जना गम्भीर

लमजुङ - लमजुङको मस्याङ्दी गाउँपालिका-२ घनपोखरामा बुधबार दिउँसो जीप दुर्घटना हुँदा १० जना गम्भीर घाईते भएका छन् । बेसीसहरदेखि घनपोखरा जाँदै गरेको ग १ ज ७४१७ नम्बरको जीप घनपोखराको भाचेस्थित सडकबाट बीस मिटर तल खसेको थियो । दुर्घटनामा परि १५ जना घाईते भएका छन् । घाईते मध्ये १० जना गम्भीर घाईते भएका छन । घाइतेको प्रहरी र स्थानीय मिलेर उद्दार गरेको स्थानीय राम गुरूङले बताए । घाईतेलाई ४ वटा जीपमा उद्दार गरी लमजुङ जिल्ला अस्पताल ल्याउदै गरिएको लमजुङका प्रहरी प्रमुख डिएसपी प्रकाश श्रीमलले बताए । घाईते सबै स्थानीय रहेपनि नामथर खुल्न सकेको छैन ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै