नेभिगेशन
जीवनयापन

चोरीको मोटरसाइकलसहित युवक पक्राउ

काठमाडौँ - काठमाडौं महानगरपालिका-१६ पकनाजोलबाट चोरीको मोटरसाइकलसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका २० घर भइ हाल काठमाडौंको बालाजु बस्ने २४ वर्षीय अमर सुनार रहेका छन् । उनले चलाएको बागमती प्रदेश ०२ ०२० प ३९६८ नम्बरको २२० सीसीको कालो पल्सर शंका लागी चेक गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश ०२ ०१५ प ८२१८ नम्बरलाई परिवर्तन गरी प्रदेश ०२ ०२० प ३९६८ नम्बर प्रयोग गरी चलाइरहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई उक्त मोटरसाईकलसहित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले पकनाजोलबाट पक्राउ गरेको हो । पक्राउ परेका सुनारलाई मोटरसाइकलसहित थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत नयाँ बानेश्वर पठाइएको छ । उक्त मोटरसाइकल गत वैशाख २६ गते बानेश्वर स्थित मिलनचोकबाट हराएको भनि बाराको स्वणर् घर भइ हाल काठमाडौंको सिफल बस्ने रमोद ठाकुर लोहारले निवेदन दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै