घट्यो सुनको मुल्य, तोलाको कतिमा कारोबार हुँदै ?

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

सोमबार प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार तोलामा ७ सय रुपैयाँले घटेर ९६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजाबी सुन प्रतितोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:१२
प्रतिक्रिया दिनुहोस्