नेभिगेशन
जीवनयापन

अवरोध नभए दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले कुनै अवरोध नभए अब दैनिक ३ सय ५० वटासम्म फोहर बोकेका गाडी बञ्चरेडाँडा पुग्ने बताएका छन् । सामाजिक सञ्जालमा मेयर शाहले लेख्नुभएको छ ‘फोहर बोकेका १ सय ५२ गाडी बञ्चरेडाँडा पुगे, अब दैनिक ३ सय ५० पुग्छन् ।’ उनका अनुसार कुनै अवरोध नभएमा दैनिक २ सय ५० देखि ३ सय ५० गाडी फोहर बोकेर बञ्चरेडाँडा पुग्नेछन् । हिजो बेलुका १ सय ५२ वटा गाडी फोहर बोकेर बञ्चरेडाँडा पुगेका हुन् । मेयर शाहका अनुसार काठमाडौँबाट दैनिक ७५ गाडी फोहर निस्कन्छ भने त्यति नै मात्रामा विभिन्न पालिकाबाट पनि फोहर जम्मा हुनेगर्छ । तर नियमित फोहर उठ्न सकेको छैन । फोहरले काठमाण्डौको सडक दुर्गन्धित बनेको छ । पानी परेर बगेको ढलले फोहर छरपस्ट पारेको छ । तर नियमित रुपमा फोहर उठाउन र बञ्चरेडाँडासम्म पुर्याउन केही दिन लाग्ने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै