नेभिगेशन
जीवनयापन

मधेसी नेतृत्वले भगवानलाई पनि टेरेनन्, तपाईं हाम्रो त के डर : लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वत्रन्त्र पार्टीका सभापति रवि लामिछानेले २००७ सालदेखी निरन्तर मधेसलाई टेकेर राज्यको माथिल्ला निकायसम्म नेताहरु पुग्दा पनि जनता राज्यको सुविधाबाट वञ्चित रहेको बताएका छन् । आज (शनिबार) जनकपुरमा आयोजित मधेस प्रदेश भेलालाई सम्बोधन गर्दै उनले भने, ’मधेसलाई टेकेर दुई दर्जन बढी नेताहरुले संसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्दाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्य कोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेसले विकासको काचुली फेर्नपर्ने थियो तर सकेको छैन् ।’ उनले जानकी मन्दिरको संरचना प्रर्वद्धनको बजेटमा भएको भष्ट्राचारलाई संकेत गर्दै, जहाँ कसैसगँ डर हुँदैन त्यहाँ भगवनाको डर हुनुपर्छ तर मधेसका नेतृत्वले त भगवानलाई पनि टेरेनन् तपाईं हाम्रो त के डर भन्दै कटाक्ष गरे । यस्तै विद्यार्थी आफैंले आफू बस्ने चकटी बोकेर विद्यालय जानुपर्ने बाध्यतामा दुख व्यक्त गर्दै मधेसको यो अवस्था कसरी भयो भन्ने विषयमा सोच्नुपर्ने बेला भएको र यस विषयमा नागरीकलाई सचेत रहन समेत अपील गरे । ’शिक्षालाई चुस्त बनाउन ’बेटी पढाओ बेटी बँचाओ’ भन्ने नारामा भएको भष्ट्राचार घाम जस्तै छर्लङ छ, जनताले सबै बुझेका छन्, यो अवस्थाको परिर्वतनका लागी मधेसले नेतृत्व परिर्वतन गर्नु पर्नेछ ।’ देशमा संघीयता आउनुमा मधेसको ठूलो माग थियो, त्यसैले प्रदेश संरचनामा दलले गरेको बेथितिको आरोप मधेसले सहनुपरेको छ, जनताको प्रत्क्षय पहुँचमा हुनुपर्ने निकाय नेताको भरौटे पालेर दुषित पारिएको छ, मधेसलाई आरोप लगाउनु भन्दा यो फोहरलाई सफा गर्दै यसको समाधानसहित रास्वपा आउने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै