नेभिगेशन
जीवनयापन

पौडी खेल्दा खोलामा डुबेर मृत्यु

दाङ - दाङमा अर्जुन खोला र मसोट खोलाको दोभानमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका-२ रामपुर बुकाका २६ वर्षीय निराजन पोखरेल रहेका छन् । शनिबार साथीसँग नुहाउन दोभानमा पुगेका पोखरेलको पानीमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । दिउँसो नुहाउने क्रममा मानिस डुबेको सूचना पाए लगत्तै अर्जुन खोलाका डीएसपी नवीन बुढाथोकी नेतृत्वको १९ जनाको टोली खटिएको थियो । खोज तलास गर्ने क्रममा पोखरेलको शव खोँचमा अड्किएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै