नेभिगेशन
जीवनयापन

मंकीपक्सको नयाँ भेरियन्टको नामकरण

जेनेभा - विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मंकीपक्सको नयाँ भेरियन्टको नामकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मंकीपक्सको स्वरूप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नुपरेको अधिकारीहरूको भनाइ छ ।

सांस्कृतिक तथा सामाजिक कारणले मंकीपक्सलाई बेवास्ता गरिएको र यसको असर विश्वभरि बढ्दै गइरहेको डब्ल्यूएचओले जनाएको छ । विज्ञहरूको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्ल्यूएचओले मंकीपक्सका बारेमा निणर्य गरेको हो ।

विज्ञहरूको सिफारिसअनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र तीमध्ये केही मुख्य भेरियन्टहरूको नाम ‘कंगो बेसिन क्लेड’, ‘क्लेड वान’, ‘क्लेड टु’, ‘क्लेड टुए’ र ‘क्लेड टुबी’ रहेको जनाइएको छ । फैलिएको ठाउँका आधारमा यसको फेरियन्ट फरक-फरक भएको र नाम पनि त्यहीअनुसार फरक-फरक राखिएको विज्ञहरूको टोलीले जनाएको छ ।

मंकीपक्सको नामकरण भने यसको पहिलोपटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरूप फैलिदै गएको विज्ञहरूले बताएका छन् । मंकीपक्स नयाँ-नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीका रूपमा यसलाई घोषणा गरेको छ । मंकीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ संक्रमित भएका संगठनले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै