नेभिगेशन
जीवनयापन

छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक

तनहुँ - तनहुँको व्यास नगरपालिका-१४ मा अवस्थित छाब्दी बाराही मन्दिरमा परेवा लैजान रोक लगाइएको छ । छाब्दी बाराही विकास कोष तनहुँले निणर्य गरी अनिश्चितकालका लागि परेवा प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । छाब्दी मन्दिरमा उडाउँदै आइएको तराईका परेवाबाट विभिन्न किसिमका रोग लागेर मन्दिर परिसरमा रहेका परेवासमेत मर्न थालेपछि परेवा लैजान रोक लगाएको हो । परेवा मर्ने र फोहोर मैला पनि बढ्दै गएकाले सरसफाइलाई मध्यनजर गर्दै उक्त निणर्य गरी परेवामा रोक लगाइएको कोषका अध्यक्ष मानबहादुर थापाले जानकारी दिए । कोषले अर्को सूचना जारी नगर्दासम्म परेवा लैजान रोक लगाइएको अध्यक्ष थापाले बताए । उक्त मन्दिरमा पुग्न सदरमुकाम दमौलीबाट करिब सात किलोमिटर पूर्वदिशामा पर्दछ । भाकल गर्दा मनोकांक्षा पूरा हुने जनविश्वासका साथ विभिन्न जिल्लाबाट भक्तजन पूजाअर्चनाका लागि छाब्दी बाराही मन्दिरमा आउने गर्दछन् । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै