नेभिगेशन
जीवनयापन

रविको चेतावनी : दलगत संयन्त्रको हिसाब-किताब अब बन्द खाता खोलेरै हुन्छ

हेटौंडा - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने चेतावनी दिएका छन् । आज (शुक्रबार) बाग्मती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले उक्त कुरा बताएका हुन् । उनले जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौडा सिमेन्त कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ, सुन्दा सामान्य लाग्ने तर यो रहस्य खाताको सबै हिसाब हुने बताए । उनले नेताहरुले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पुरा गर्न विभिन्न सम्झौता र एम्बेसीमा बेचेकोले उनीहरुले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनुहुन्न भन्ने कुरालाई व्यवहारीक बनाउन रास्वपा जनतामाझ विकल्पको रुपमा उदाएको दाबी गरे । यस्तै, धनाढ्यका छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने आम सर्वसाधरणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने ? खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने, राजनैतिक दलको चाकडी नगरेसम्म कुनै पेशामा क्षमताले स्थान स्थितिको अन्त्य कसले गर्ने यस्तै समस्या समाधानको विकल्पमा रास्वपा जन्मिएको उनले दाबी गरे । साथै देशको संघीय अभ्यासमा राष्ट्रपति, उपराष्ट्रपतिको भूमिका के ? प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउन नसक्दा प्रदेश संरचनाको बेतिथि निरन्तर आउने गुनासो हो, यसको हिसाबकिताब र समाधानको सुत्रसहित रास्वपा आउनेमा समेत उनले दृढता व्यक्त गरे । आजको उक्त भेलाले बागमती प्रदेश समिति , बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्नेछ । अहिले रास्वपा देशै भर आफ्नो समितिहरु गठन गर्न पूर्व देखी पश्चिम सम्मको देश दौडाहामा छ । रास्वपाले भोलि नै जनकपुरको उद्योग वाणिज्य संघको सभा हल , शिव चोकमा दिउँसो साढे १२ बजे मधेश प्रदेश भेला गर्दै छ भने यही ३० गते प्रदेश एकको भेला इटहरीमा रहेको एम्पेरियल ब्यान्केट , धरान रोडमा गर्दैछ। अहिलेसम्म रास्वपाले गण्डकी प्रदेश , सुदुरपस्चिम प्रदेश , कणर्ाली प्रदेश र लुम्बिनी प्रदेशमा आफ्नो समिति विस्तार गरिसकेको छ भने ५० हजार भन्दा धेरै साधारण सदस्य अहिले नै आवद्ध भईसकेको रास्वपाका केन्द्रीय सदस्य डिपी अर्यालले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै