नेभिगेशन
जीवनयापन

भारतको कारण नेपाली चिया उद्योग धराशायी हुँदै

 काठमाडौँ– भारतले नेपाली चियामा प्रतिबन्ध लगाउने तयारी गरेपछि नेपालको चिया उद्योगीहरू हाल चिन्तित बनेका छन् । भारतले नेपाली चिया आयातलाई प्रतिबन्ध लगाउने प्रस्ताव अहिले भारतीय संसद्का दुवै सदनमा पुगेको छ । राज्यसभा र लोकसभामा पुगेको उक्त प्रस्ताव पारित भए नेपाली चियाले आफ्नो मुख्य अन्तर्राष्ट्रिय बजार गुमाउने निश्चित छ । भारतीय संसद्को राज्यसभा अन्तर्गतको ‘डिपार्टमेन्ट रिलेटेड स्ट्यान्डिङ कमिटी अन कमर्स’ ले तयार पारेको प्रतिवेदनको १७१ नम्बर बुँदामा नेपाली चियालाई आयात प्रतिबन्ध लगाउने कुरा उल्लेख छ । नेपालबाट जाने चिया गुणस्तरहीन भएको र कारण भारतको चिया बजारमा समेत यसले नराम्रो असर गरेको उल्लेख गरिएको छ ।  उक्त रिपोर्टको अनुसार २०१९/२० मा भारतले विभिन्न मुलुकबाट १ करोड ५५ लाख ४ हजार केजी चिया आयत गरेको उल्लेख गरिएको छ जसमा ७२ लाख २९ हजार केजी चिया नेपालबाट आयत गरिएको छ । त्यस्तै २०२०/२१ मा भारतमा विभिन्न देशबाट २ करोड ७७ लाख ५ हजार केजी चिया आयत भएकोमा नेपालबाट १ करोड ७ लाख ४ हजार केजी चिया भारत आयत गरिएको छ ।  टि एसोसिएसन अफ इन्डियाले तयार गरेको तथ्याङ्कमा नेपालबाट २०१३/१४ मा १ करोड २ लाख २० हजार के.जी चिया भारत आयत गरेको छ । २०१४/१५ मा १ करोड ३ लाख ६० हजार के.जी , २०१५/१६ मा १ करोड १४ लाख ९० हजार के.जी , २०१६/१७ मा १ करोड १५ लाख ५० हजार के.जी , २०१७/१८ मा १ करोड २१ लाख ८० हजार के.जी, २०१८/१९ मा १ करोड ६० लाख ९० हजार , २०१९/२० मा  ७२ लाख २९ हजार के.जी , र २०२०/२१ मा १ करोड ७ लाख ४० हजार केजी चिया नेपालबाट भारतले आयत गरेको उल्लेख गरिएको छ ।  हाल नेपालमा वर्षेनी करिब ३ करोड ६० लाख केजी हरियो पत्ती उत्पादन हुदै आएको छ । घरेलु तथा साना, मझौला र ठूला गरी हाल १५० भन्दा बढि उद्योगहरू सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष रुपमा ८० हजार र अप्रत्यक्ष रुपमा १ लाखको हाराहारीमा मानिसहरूले रोजगार पाइरहेका छन् ।  सूर्योदय टि प्रोड्युसर्स एशोसिएसनका कोषध्यक्ष महेश अर्यालले भारतले नेपाली चियाको विषयमा लगायतको आरोप गलत रहेको बताए । उनको अनुसार नेपालको चिया भारत लगायत जर्मनी, जापान लगायत विश्वका अन्य विभिन्न मुलुकमा समेत पठाउने गरेको तर हाल सम्म गुणस्तरमा प्रश्न नउठाएको भन्दै नेपालको चिया चिया कुनै हालतमा पनि गुणस्तरहीन नरहेको बताउँदै भारतको यस कदमले नेपाल र भारत बिचको सम्बन्धमा थप दरार आउन सक्ने समेत उनले दाबी गरेका छन् । नेपाली चियाको प्रमुख बजार भारत भएको हुँदा हाल नेपालबाट ९५ प्रतिशत चिया भारतीय बजारमा शतप्रतिशत छुटका साथ  निर्यात हुँदै आइरहेको छ । तर यस्तो अवस्थामा पनि भारतले हाल कुनै जानकारी विना नै भारतीय चिया निकायले वाणिज्य सन्धि विपरित नेपाली चिया गुणस्तरहीन छ र एकदमै न्यून मूल्यको चिया मात्रै भारतीय बजार आइपुग्ने गरेको भन्दै नेपालको चियामा करको दायरामा ल्याउने प्रस्ताव माथि आफूहरूको गम्भिर ध्यानाकर्षण भएको उनको भनाई छ । त्यस्तै, भारतले भने जस्तै चिया बनाएर पठाउन के गर्न सकिएला भन्ने प्रश्नमा उद्योयीहरुले आफुहरुले ल्याब टेस्टिङ् लगायतका सम्पुर्ण प्रक्रिया पुरा गरेको बताएका छन् । तर भारतले भने  पटक पटक नेपालको विभिन्न उत्पादनहरुमा रोक लगाउने कार्य  गरिरहेको उनिहरुको आरोप छ ।  त्यस्तै भारतको सो कदमले नेपाली चिया उद्योग मात्र नभएर नेपालको अर्थतन्त्रमा समेत गम्भिर असर पर्न जाने भएकाले हाल चिया उद्योग र उद्योगीको लागी मात्र नभएर त्यहाँ कार्यरत कामदार र त्यसबाट सरकारलाई हुने फाईदा लाई समेत मध्यानजर गर्दै सरकारले जति सक्दो चाँडो यस समस्याको समाधान तर्फ ध्यान दिनुपर्ने उद्योगीहरुकोे माग रहेको छ । त्यस्तै नेपाल सरकारले चिया सम्बन्धि छुट्टै नियम बनाउनु पर्ने उनीहरुको माग रहेको छ । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै