नेभिगेशन
जीवनयापन

देउवाले निरन्तर पेलेको भन्दै शेखर पक्षले बोलायो बैठक

काठमाडौं - कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुलाई निरन्तर पेल्नुका साथै पार्टीभित्र कुनै सरसल्लाह नगरिकनै अघि बढेको भन्दै शेखर कोइराला समूहले असन्तुष्ट पोखेको छ । सो समूहले देउवाले हरेक निणर्य आफूखुशी गरेको आरोप लगाएको छ । यसविरुद्ध आफ्नो समूहको रणनीति बनाउन नेता कोइरालाले शनिबारका लागि आफूपक्षीय बैठक बोलाएका छन् । शनिबार दिउँसो बस्ने बैठकमा आफू निकटका पदाधिकारी, नेता तथा केन्द्रीय सदस्यहरुलाई बोलाइएको एक नेताले जानकारी दिएका छन् । सभापति देउवाले ५ वटा भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा कोइराला समूहलाई समेटिएको छैन । यस्तै पार्टी सञ्चालनमा पनि देउवा एकलौटी ढंगले अघि बढेको शेखर पक्षीय ती नेताले बताएका छन् । देउवा निरन्तर अहिलेकै शैलीमा अघि बढे अब समानान्तर गतिविधि गर्ने मनस्थितिमा कोइराला समूह देखिएको छ । यसबारे शनिबारको बैठकमा गम्भीर छलफल गरेर निणर्यमा पुगिने ती नेताको भनाइ छ । देउवाले नेविसंघ, महिला संघ, तरुण दल, किसान संघ र आदिवासी जनजाति महासंघमा नयाँ नेतृत्व चयन गरेका छन् । कोइराला समूहले सुरुमा नेविसंघ र तरुणमध्ये कुनै एकमा आफूले नेतृत्व पाउनुपर्ने माग राखेको थियो । यस्तै किसान र दलित संघमा पनि नेतृत्व चाहेको थियो । तर, कुनैमा पनि कोइराला समूह अटेको छैन । यस्तै चुनावी रणनीतिका सन्दर्भमा पनि सो समूहका छलफल हुने बताइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै