नेभिगेशन
जीवनयापन

साउन २७ देखि राजधानीमा राष्ट्रिय युवा सम्मेलन

काठमाडौँ - नेपाल युवा परिषदको आयोजनामा भोलि (साउन २७) देखि राजधानीमा तीनदिने राष्ट्रिय युवा सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी ७७ वटै जिल्लाबाट १ जना पुरुष र १ महिलालाई राजधानीमा ल्याई राष्ट्रिय युवा सम्मेलन २०२२ आयोजना गर्न लागिएको हो । ‘उद्यमी युवा समृद्ध देश, दिगो विकास लक्ष्यमा समान परिवेश’ भन्ने मुख्य नाराका साथ दिनसम्म चल्ने सम्मेलनमा नेपाल भरबाट २२० जना युवाहरुको सहभागिता रहनेछ । विगतका वर्षहरुमा झैँ यस वर्ष पनि १८ देखि ३५ वर्ष उमेर समूहका युवाहरु आफ्नै स्थानीय तह वा आफ्नै जिल्लामा नै रही अध्ययन वा व्यवसाय गरिरहेको वा सामाजिक रुपमा कार्यहरु गरिरहेका युवाहरुले मात्र राष्ट्रिय युवा सम्मेलन २०२२ मा सहभागि हुन पाउने छन् । कार्यक्रममा विभिन्न उत्प्रेरणा मुलक ज्ञान तथा सिप साटासाट कार्यक्रम हुनेछ । सम्मेलन अवधिभर दिगोविकास लक्ष्य, युवा उद्यमशीलता, युवा नेतृत्व लगायतका सत्रहरु चल्ने छन् । कार्यक्रम राजधानीको त्रिपुरेश्वरस्थित ब्लुबर्ड मल पार्टीयार्डमा आयोजना हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै