नेभिगेशन
जीवनयापन

समयअनुसार लगानीमैत्री नीति-नियम र कानुन व्यवस्थापन गर्न आवश्यक : उपसभामुख भुसाल

पर्सा - उपसभामुख पुष्पा भुसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन् । पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भुसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि बलियो अर्थनीति आवश्यक रहेको बताएकी हुन् । नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भुसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताइन् । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्ने दाबी गर्दै उपसभामुख भुसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख भुसाललाई जानकारी गराएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै