नेभिगेशन
जीवनयापन

पाटनमा महिला मात्रै उपभोक्ता समितिकाे अध्यक्ष बन्न पाउने

बैतडी– बैतडीको पाटन नगरपालिकाले नगर भित्र सञ्चालन हुने योजनाहरूको उपभोक्ता समिति अध्यक्षमा महिला अनिवार्य हुनुपर्ने जनाएको छ । नगर कार्यपालिकाको बैठकले उपभोक्ता समितिको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने निर्णय गरेको नगर उपप्रमुख कमलसिंह बोहराले बताए । नगर कार्यपालिकाको पहिलो बैठकले उक्त निर्णय गरेको उनको भनाई छ । महिलाहरूलाई अध्यक्ष बनाउँदा उनीहरूको क्षमता अभिवृद्धि हुने नगरपालिकाको विश्वास छ । उपप्रमुख बोहराले भने, ‘योजनाको अधिकतम लाभग्राही महिला नै हुन्छन् । खानेपानी, बाटो, बर्थिंङ्ग सेन्टर जे बनाएपनि त्यसको बढी प्रयोगकर्ता महिला नै हुन्छन्, त्यसैले निर्माणको जिम्मेवारी समेत उनीहरुलाई दिँदा काम भरपर्दो हुन्छ ।’ उपभोक्ता समिति गठनका क्रममा आफूहरू फिल्डमै उपस्थित भई महिलालाई अध्यक्ष बनाउन पहल गर्ने नगर उपप्रमुख बोहराले बताए । नगरपालिका भित्र सञ्चालन गरिने हरेक आयोजनाहरूको काम प्रभावकारी ढंगले सम्पन्न गर्न पहल गर्ने उनले बताए । चैत मसान्त मसान्तभित्र सबै योजनाहरूको काम सम्पन्न गरिसक्ने र काममा ढिलासुस्ती गर्ने उपभोक्ता समितिलाई भुक्तानी नदिनेसमेत उनले बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना

हङकङ फ्लुको प्रकोप चुलिँदै