नेभिगेशन
जीवनयापन

विश्वभरका नेवार समुदायको छाता संगठन ‘डब्लुएनओ’ को अध्यक्षमा संयुक्त श्रेष्ठ

काठमाडौँ - विश्वभरका नेवार समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेशन (डब्लुएनओ) को अध्यक्षमा बेलायतका संयुक्त श्रेष्ठ निर्वाचित भएका छन् । अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको चौथो महाअधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको महाअधिवेशनको अन्तिम दिन नेपालको समयअनुसार आइतबार राति नव निर्वाचित अध्यक्ष संयुक्तलाई निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले कार्यभार हस्तातरण गरेका हुन् । डब्लुएनओको निर्वाचन समितिका प्रमुख लण्डनका शशी महाजुसहित सदस्य अमेरिकाका सरोज प्रजापति र नेपालका सिल्भिया राजोपाध्या सम्मिलित समितिले जुलाइ ३१ तारिखमा नयाँ कार्यसमितिको नाम निर्विरोध भएको घोषणा गरेको थियो । नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा समिर महर्जन, उपाध्यक्षमा रजनी प्रधान, सामन्तश्री रत्न बज्राचार्य, कमल श्रेष्ठ, महासचिवमा शोभित शाक्य, कार्यकारीणी सदस्यमा नरेश शाक्य, रमेश मान मुनिकार, शैलेन्द्र मानन्धर, सुदय राज शिलाकार, सुरेन्द्रभक्त श्रेष्ठ, सुरेन्द्रमान शाक्य, दीपेश शाक्य र दीपक डंगोल निर्वाचित भएका छन् । वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न डब्लुएनओको महाअधिवेशनमा सांस्कृतिक र्‍याली, सांस्कृतिक कार्यक्रम, सोभेनिएर विमोचन अन्तरक्रिया कार्यक्रम, नेवार समुदायको हकहितका बारे विभिन्न प्रवचनका कार्यक्रम भएको थियो । ११ वर्षअघि गठन भएको डब्लुएनओको अघिल्लो महाअधिवेशन बेलायत, बाल्टीमोर र नेपालमा भएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै