नेभिगेशन
जीवनयापन

निर्वाचनमा महिला र पुरुषको सहभागिता बराबर गर्न सांसदहरूको माग

काठमाडौँ– कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द शर्मा कोइरालाले कानुनले भन्दा पनि राजनीतिक दलको इच्छा शक्तिले महिलालाई निर्वाचनमा उम्मेदवार बन्न प्रेरित गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा मन्त्री कोइरालाले निर्वाचनमा महिला सहभागिता बढाउन कानुनमा भएका कमजोरीहरू सच्याएर अघि बढ्न सरकार तयार रहेको बताए । यसअघि सांसद डा.बिन्दा पाण्डेले आगामी प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा महिलाको समानुपातिक सहभागिता गराउन आवश्यक भएकोले भन्ने जरुरी सार्वजनिक महत्त्वको विषयमाथि कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको ध्यानाकर्षण गराएकी थिइन् । उनले निर्वाचनमा महिलाहरूलाई उपप्रमुख र समानुपातिकमा मात्रै सीमित गर्न खोजेको भन्दै   आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकमा महिला र पुरुषको सहभागिता बराबर हुनेगरी कानुनी व्यवस्था गर्न माग गरिन्। यसैगरी सांसद अमृता थापाले निर्वाचनमा ५० प्रतिशत महिला उम्मेदवारी दिनुपर्ने र वडा तहमा दलित महिलाको उम्मेदवारी नपरेमा अल्पसङ्ख्यक, सीमान्तकृत वा अन्य कुनै समुदायबाट महिलाको उम्मेदवारी आह्वान गर्ने व्यवस्था गर्न अत्यावश्यक भएकोले भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव प्रस्तुत गरिन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाऊ आदेश सदन समक्ष पेश गरे ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै