नेभिगेशन
जीवनयापन

नेकपा एमाले १० औं नम्बरमा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौँ– नेकपा एमालेले दल दर्ताका लागि निवेदन दिएको छ । मंगलबार बिहान एमालेका नेताहरु आगामी मंसिर ४ गते हुने प्रदेश तथा संघीय निर्वाचनमा सहभागी हुन निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन दिएका हुन् । दल दर्ता गराउन उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरु निर्वाचन आयोग पुगेका थिए । उनीहरुले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको पत्र बुझाएपछि आयोगले १० औं नम्बरमा एमालेको निवेदन दर्ता गरेको प्रवक्ता शालीग्राम पौडेलले जानकारी दिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै