नेभिगेशन
जीवनयापन

झापाको जोरसिमलमा चेकजाँच बन्द गर्न सशस्त्र प्रहरीलाई अन्तरिम आदेश

भद्रपुर– झापाको मेचीनगरस्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी बलको चेकपोष्टका कारण स्थानीयवासीलाई हैरानी भएको भन्दै अदालतले तत्काल चेकजाँच नगर्न अन्तरिम आदेश दिएको छ । मेचीनगर–७ जोरसिमलस्थित महेन्द्र राजमार्गमा राखेको सशस्त्र प्रहरी बलको चेक पोष्टका कारण स्थानीयवासी तथा उपभोक्ताको आवागमनमा समेत हैरानी पुगेको भन्दै सशस्त्र प्रहरी बलविरुद्ध उच्च अदालत विराटनगरमा निवेदन परेको थियो । सोही निवेदनका आधारमा उच्च अदालत विराटनगरका न्यायाधीश प्रेम कार्कीको इजलासले मेचीनगर–७ जोरसिमलमा रहेको राजमार्गको चेकपोष्टमा तत्कालको लागि जाँच नगर्न अन्तरिम आदेश दिएको हो । उक्त चेकपोष्टमा सशस्त्र प्रहरी बलको काँकरभिट्टा आउट बोर्डर पोष्ट (बीओपी) को टोलीले जाँच गर्दै आएको छ । उक्त पोष्टले चेकजाँचको नाममा स्थानीयवासीलाई हैरानी र दुःख मात्रै दिने गरेको आरोप सशस्त्र प्रहरी बलमाथि छ ।अदालतले सशस्त्र प्रहरी बललाई उक्त स्थानमा चेकपोष्ट राख्नुको लिखित कारण खुलाएर १५ दिनभित्र जवाफ पेश गर्नसमेत आदेश दिएको छ । त्योबाहेक निवेदक र सशस्त्र प्रहरी बललाई २६ साउनमा छलफलको लागि अदालत बोलाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै