नेभिगेशन
जीवनयापन

पहिरो हटाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन - पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुई घण्टापछि सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका-२९ केराबारीस्थित मौरी खोलामा खसेको लेदोसहितको पहिरो पन्छाएपछि साँझ ७ः१५ बजेदेखि सडक दुईतर्फी सञ्चालनमा आएको हो । आज अपराह्न ५ बजे खसेको पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै