नेभिगेशन
जीवनयापन

तीन दिनदेखि हराइरहेका किशोरको शव फेला, हत्याको आशंका

जनकपुरधाम - जनकपुरधामबाट तीन दिनदेखि हराइरहेका एक किशोरको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने दिलिप साहको १८ वर्षीय छोरा अर्जुन साहको शव आइतबार फेला परेको हो । महोत्तरीको लोहारपट्टी नगरपालिका- ८ भगवानपुर चौरस्थित भ्रमरपुराबाट लोहारपट्टी जाने भित्री सडक खण्डमा बाटोको पश्चिममा उनको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा उनको हत्या भएको हुन सक्ने आशंका छ । प्रहरीका अनुसार घटनास्थलबाट मट्टीतेल, कपडा लगायतका अन्य सरसमान फेला परेको छ । घटनास्थलको लाश जाँच मुचुल्का तयार गरी पोस्टमार्टमको लागि शिक्षण अस्पताल काठमाडौँ पठाइएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए । एक प्रहरीका अनुसार अर्जुन तीन दिनअघि पाँचछ जना साथीसँग अटो रिक्सामा बसेर पिकनिक गएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै