नेभिगेशन
जीवनयापन

आठ महिनापछि हुम्लामा कोरोना संक्रमित भेटिए

हुम्ला - कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ । लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । सिमकोट गाउँपालिका-५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताए । सङ्क्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै